ईटहरी एक परिचय

पुर्वाञ्चलको मुटु इटहरीको नामाकरण बारे खोज्दै जांदा यहांको आदिवासी चौधरी थारु हरुको बोलिचालीबाट यस ठांउको नामाकरण भएको बुढापाकाहरु बताउंछन। पुर्वाद्धदेखि नै यस ठांउमा ईटाको प्रयोग विभिन्न्ा प्रयोजनका लागी हुदै आएको थियो। त्यसैताका राणा शासनको समयमा शान्ति सुरक्षार्थ थाना, चौकी राखी अपराधीहरुलाई सजाय दिने नियतले ईट र काठ मिलाएर बनाइएको तुरुङ्ग खुट्टालाई चेपुवा भित्र राखेर सजाय दिने एक साधन निर्माण गरिएको थिए। यहांको आदीवासी चौधरीहरुको भाषामा ईट्टालाई ईट, र काठ लाइ हरी भनिने भएकोले उक्त इट र हरी मिलेर इटहरी नामाकरण रहन गएको बुढापाकाहरु बताउछन।