उद्योग स्थापना सिफारिस

आवश्यक कागजातहरु : –

1. कुन किसिमको उद्योग दर्ता गर्ने हो सो को विवरण सहित चौतर्फि संधियारको नाम खुलेको निवेदन।
2. निवेदकको नागरिकता प्रतिलिपी १ प्रति
3. उद्योग स्थापना हुने स्थानको जग्गा धनी प्रमाण–पुर्जा, भूमिकर तिरेको रसिद र उद्योग ब्यवसाय संचालन गर्ने भवनको नक्सा पास प्रमाण–पत्रको प्रतिलिपी १/१ प्रति
4. सम्वन्धित वडा समिति कार्यालयबाट भएको सरजमिन सहितको सिफारिस
5. उद्योग स्थापना गर्ने घर जग्गा भाडामा प्रयोग गर्ने भए घर जग्गा दिने ब्यक्तिको मंजुरनामा सहित संझौता पत्रको प्रतिलिपी–१ प्रति
6. चालु आ.ब. सम्ममा सम्वन्धित घर जग्गाका धनी र उद्योग स्थापना गर्नेले नगरपालिकालाई बुझाउनु पनेर् कर, दस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाण–कागज
7. कानूनले निषेध गरेका उद्योग ब्यवसाय तथा सडक अवरोध गर्ने र वातावरणिय प्रभावमा प्रतिकुलता आउने गरी उद्योग स्थापना गर्न सिफारिस गरिने छैन।

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)