नागरिकता सिफारिस

आवश्यक कागजातहरु : –

1. भरिएको निवेदन फारम
2. भरिएको १ नं. अनुसुचि फारम
3. बैवाहिक सम्वन्धमो नाताको अंगिकृत नागरिकताका लागि ३ नं. अनुसुचि फारम र विदेशी नागरिकता त्यागे को वा त्याग्न कारवाही चलाएको कागज प्रमाणको प्रमाणित प्रतिलिपी–२ प्रति
4. टोलिमा नाम नभए टोलि दर्ता छुट निवेदन
5. पिताको नागरिकता प्रतिलिपी २ प्रति
6. विवाहिता महिला भए पतिको नागरिकता प्रतिलिपी २ प्रति र विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी–२ प्रति
7. पिता पति वाहेक आमा, दाजु, भाई वा देवर–जेठाजुले सनाखत गर्ने भए सनाखत गर्नेको नागरिकता प्र तिलिपी २ प्रति
8. जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपी २ प्रति
9. जन्म मिति र पिताको नाम खुल्ने शैक्षिक प्रमाण–पत्रको प्रतिलिपी २ प्रति
10. पिता वा पतिको नागरिकता इटहरी वाहिरको भए वसाई सराई दर्ता प्रमाण–पत्रको प्रतिलिपी २ प्रति
11. इटहरी नगरपालिका क्षेत्रमा स्थायी घर वसोवास रहेको छ भन्ने विश्वास योग्य अन्य कागजातहरुको प्र तिलिपी २/२ प्रति (जस्तै घर नक्सा पास प्रमाण–पत्र)
12. दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३ प्रति (पुरुष भए टोपी लगाएको)
13. सम्वन्धित वडा समितिबाट प्राप्त सिफारिस
14. सम्वन्धित निवेदक र निजका अभिभावकले नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने चालु आ.ब. सम्मको कर दस्तुर शुल्क आदि अग्रिम बुझाई सकेको प्रमाण

सम्वन्धित शाखा : – प्रशासन (कोठा नं.९)