नाता प्रमाणित

आवश्यक कागजातहरु : –

1. निवेदक र नाता प्रमाणित गर्नेहरुको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
2. नावालकको हकमा जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
3. पति पत्नी भएमा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
4. इटहरी वाहिरको नागरिकता भए वासई सराई दर्ताको प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
5. नाता प्रमाणित गर्नु पर्ने ब्यक्तिको मृत्यू भएको भए मृत्यू दर्ता प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
6. इटहरी नगरपालिका क्षेत्रमा स्थायी बसोवास देखिने अन्य कागजात (जस्तःैघर नक्सा पास प्रमाण–पत्र, जग्गाधनी प्रमाण–पुर्जा आदि)
7. निबृति भरण पाउनेको हकमा नाम, नम्वर, पद, हकवालाको नाम देखिने पट्टाको प्रतिलिपी १ प्रति र प्रयोज हेरी संयूक्त फोटो समेत।
8. सम्वन्धित निवेदक र नाता प्रमाणित हुने ब्यक्ति वा निजका अभिभावकले चालु आ.ब. सम्म झाउनु पर्ने कर, दस्तुर शुल्क आदि अग्रिम नगरपालिकालाई बुझाई सकेको प्रमाण–कागज
9. निवेदक र नाता प्रमाणित गर्नेको २/२ प्रति पासपोर्ट साइजको फोटो
10. सम्वन्धित वडा समितिबाट प्राप्त सिफारिस

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)