घर जग्गा नामसारी सिफारिस

आवश्यक कागजातहरुः–

1. मृतकको नामबाट नामसारी गराउँदा मृतकको सबै भन्दा नजिकको हकवालाको निवेदन, समान पुस्ताका हकवाला भए सबैको नाम थर वतन खुलेको निवेदन
2. मृतक र सम्वन्धित हकवालाको नागरिकता प्रतिलिपी १/१ प्रति
3. मृतकको मृत्यु दर्ता प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
4. चालु आ.ब.को मालपोत–भूमिकर तिरेको रसिदको प्रतिलिपी १ प्रति
5. जग्गा धनी प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
6. अंशवण्डा भएको अवस्थामा अंश वण्डा पत्र वा नामसारीको निम्ती हक पुग्ने कागज प्रमाण
7. सम्वन्धित वडा समिति कार्यालयको सिफारिस पत्र
8. चालु आ.ब. सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर दस्तुर शुल्क आदि अग्रिम बुझाएको कागजात
9. इटहरी बाहिरको नागरिकता भए बसाई सराई प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
10. हकवाला पुष्टी गर्ने अन्य कागजात (जस्तै विवाहदर्ता प्रमाण–पत्र, नाता प्रमाणित प्रमाण–पत्र आदि)

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)